विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्य बन्न नपाउने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्य बन्न नपाउने



काठमाडौं- नेपाली कांग्रेसका नेता विनोद चौधरी केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा गर्न नपाउने भएका छन्। कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नका लागि उनको योग्यता नपुग्ने भएको हो।

त्यस्तै राज्यमन्त्री उमेश श्रेष्ठले पनि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।कांग्रेसको विधानमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पुरा भएको हुनुपर्ने प्रावधान छ।

तर यी दुवै नेताले कांग्रेस क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन। उमेश श्रेष्ठ दोस्रो संविधानसभा भन्दा केही समयअघि कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए भने चौधरी दोस्रो संविधानसभाको समयमा कांग्रेस प्रवेश गरेका थिए।

श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्री छन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। श्रेष्ठ प्याबसनको अध्यक्ष पनि नेकपा एमालेको तर्फबाट नै बनेका थिए।