स्थानीय स्तरमा रोजगारी सृजना गर्न मन्त्री चौधरीको यस्तो सुझाव - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

स्थानीय स्तरमा रोजगारी सृजना गर्न मन्त्री चौधरीको यस्तो सुझाव



विशाल पाण्डेय/कैलाली
सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता देवी चौधरीले कृषि सम्बन्धी प्राविधीक शिक्षाले मात्रै स्थानीय स्तरमा रोजगारी सृजना गर्न सकिने बताएकी छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको नव आगन्तुुक विद्यार्थीहरुलाई स्वागत तथा पुष १५ विशेष कार्यक्रममा कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सोमबार मन्त्री चौधरीले विद्यार्थीलाई स्थानीयस्तरमै रोजगारको अवसर सिर्जना गर्न सकिने हुँदा कृषि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएकी हुन् ।

कार्यक्रममा मन्त्री चौधरीले कृषि प्राविधिक शिक्षाले व्यावसायिक तथा रोजगार तर्फ उन्मुख गराउने हुँदा प्रत्येक क्याम्पसहरुमा कृषि प्राविधिक विषयहरु पढाउनु पर्ने बताइन् । मन्त्री चौधरीले विगतका दिनमा खस्किदै गएको शिक्षाका समस्यालाई तिनै तहको सरकारले प्राथमिकतामा राखेको बताइन् ।

नेपाल कृषि प्रधान देश भएपनी त्यस सम्बन्धि केही ज्ञान नहुदा समस्या भएको बताउदै मन्त्री चौधरीले आधुनिककरण कृषिमा ध्यान दिनुपर्ने बताइन् । साथै मन्त्री चौधरीले क्याम्पसको गुणस्तरीय शिक्षाका लागी भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सांसद अमर साउदले घोडाघोडी बहुमुुखी क्याम्पसलाई सुदुर पश्चिमकै दोस्रो नमुना क्याम्पस बनाउनको लागि सबै लाग्नुपर्ने बताए । उनले क्याम्पसको छात्रावासका लागी सुदुरपश्चिम प्रदेश सरकारबाट ५५ लाख रकम विनियोजन गरिएको समेत जानकारी दिदै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

घोडाघोडी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापती जीवन बि.सी को अध्यक्षतामा भएको कार्यक्रममा घोडाघोडी बहुमुुखी क्याम्पसका स्नातक तह प्रथम बर्षका नव आगन्तुुक विद्यार्थीहरुलाई विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरि स्वागत गरीएको थियो ।