गण्डकीका कांग्रेस नेता पैसा बाँड्दा बाँड्दै समातिए
गण्डकी प्रदेशका कानुनमन्त्री एवं कास्की २(ख) का उम्मेदवार विन्दुकुमार थापा पैसा बाँड्दा बाँड्दै समातिएका छन् ।
ममरातिको समयमा पैसा बाँढ्न आएको भन्दै थापा समातिएका छन् ।
पोखरा–१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन् ।
![](https://himalpost.com/wp-content/uploads/2022/11/313470358_3271634049760942_7070322640140039562_n1668612036-768x576.jpg)
उनलाई सुरक्षा रोहबरमा आजलाई छोडिएको बताइएको छ छ । कास्की २ का मुख्य निर्वाचन अधिकृत दयाराम अधिकारीले बिहीबार थप छलफल गर्ने बताएका छन् ।
एमालेका स्थानीय नेताले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा थापाविरुद्ध बिहीबार उजुरी दिने तयारी गरेका छन् ।