पोखराको मेयरमा कानुनमन्त्री विन्दुकुमार थापाको दाबी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पोखराको मेयरमा कानुनमन्त्री विन्दुकुमार थापाको दाबी



काठमाडौं- गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेससभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा महानगरपालिकाको मेयरका लागि आवेदन दिएका छन्। पोखराको मेयरका लागि दाबेदारी गर्दै उनले पार्टीभित्र आवेदन दिएका हुन्।

कांग्रेस पोखरा महानगर समितिले शनिबारदेखि आइतबार अपराह्न ४ बजेसम्म महानगरको मेयरका लागि इच्छुकहरूलाई आवेदन दर्ता गराउन निर्देशन जारी गरेको थियो। त्यही निर्देशनअनुसार मन्त्री थापाले उम्मेदवारीका लागि आवेदन दिएका हुन्।

कांग्रेस पोखरा महानगर समितिकाअनुसार मेयरका लागि सुदीपमोहन भट्टराई, डा.परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरूङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण विजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल र बाबुराम गिरीले आवेदन दिएका छन्।

त्यसैगरी पोखरा उपमेयरका लागि पाँच जनाले आवेदन दिएका छन्।

आवेदन दर्ताका लागि कांग्रेसले २५ हजार रूपैयाँ शुल्कसमेत लिएको छ।आवेदन दिनेहरूमध्ये पार्टीले प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्नेछ।

कांग्रेसले मेयरका इच्छुकहरूबाट आवेदन लिए पनि सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा(एकीकृत समाजवादी) ले पोखरा महानगरपालिकामा दाबी गरिरहेको छ।