बिन्दास म्युजिक अवार्ड चैत २ र ३ गते धनगढीमा हुदै - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

बिन्दास म्युजिक अवार्ड चैत २ र ३ गते धनगढीमा हुदै



विशाल पाण्डेय / सुखड,कैलाली ।
घोडाघोडी मिडिया संचार समूह बिन्दास मिडियाको आयोजनामा यहि चैत १ र २ गते कैलालीको धनगढीमा हुने भनिएको विन्दास म्युजिक अवार्ड तथा सांस्कृतिक कार्यक्रम १ दिन पछाडी सारिएको छ ।

बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले १ र २ गते हुने अवार्ड कार्यक्रम विविध प्राविधिक कारणले २ र ३ गते सार्नु परेको जानकारी दिइएको छ ।

कार्यक्रमका संयोजक हरेन्द्र चौधरीद्बारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बिन्दास मिडियाको आयोजनामा नेपालमा पहिलो पटक थारु चलचित्र म्युजिक भिडियो तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाइ सम्मान स्वरुप अवार्ड कार्यक्रम भएको थियो र यसपाली दोस्रो पटक बिन्दास म्युजिक अवार्ड तथा सांस्कृतिक हुन लागेको उल्लेख्य गरेको छ ।

यस अघि १ र २ गते भनिएपनी विविध प्राविधिक कारणले २ र ३ गते शनिबार र आइतबार हुने जानकारी गराउदै पर्न गएको असुविधा प्रती आयोजक टिमले क्षमा माग्दै कार्यक्रम सभ्य र सफलता पुर्वक सम्पन्न गर्नको लागि आयोजक टिमले आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ ।

लोप हुंदै गएको थारु मौलिक कला, संस्कृति एवम संस्कारलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको अवार्डको प्रत्येक बिधाका ४० प्रतिशत भोटिङ , ५० प्रतिशत जुरी मेम्बर र १० प्रतिशत आयोजकको तर्फ बाट गणना गरि फाइनल छनोट गरिनेछ । अवार्ड कार्यक्रमको अन्तिम भोटिङ फागुन महिनाको २९ गते राती १२ बजे बन्द हुने कार्यक्रम संयोजक चौधरीले हिमाल पोस्टलाई जानकारी दिएका छन् ।