बीना मगरका पूर्वपतीले गरे आत्मसमर्पण - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बीना मगरका पूर्वपतीले गरे आत्मसमर्पण



नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले सरकारसँग आत्मसमर्पण गरेका छन्।

मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेको प्रशासनले जनाएको छ।

शंकर अधिकारी खानेपानी मन्त्री बीना मगरका पूर्वपती हुन् । अधिकारी तत्कालीन एमाओवादीको काठमाडौँ जिल्ला नेता हुँद पार्टी विभाजनसँगै उनी बैद्य समूह र त्यसपछि विप्लव समूहमा पुगेका थिए ।