बिना मगरले भनिन : प्रतिपक्षीले भ्रम फैलाएर सरकारलाई गाह्रो भयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिना मगरले भनिन : प्रतिपक्षीले भ्रम फैलाएर सरकारलाई गाह्रो भयो



काठमाडौँ– खानेपानी मन्त्री बिना मगरले प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रम फैलाएको आरोप लगाएकी छिन । दोस्रो चन्द्रागिरी महोत्सवको उद्घाटनमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

मन्त्री मगरले समृद्ध नेपालको अभियानमा रचनात्मक भुमिका नखेलेर खालि भ्रम फैलाउने काममा कान्ग्रेर लागेको भन्दै यस्तो भ्रम फैलाउने काममा नलाग्न समेत आग्रह गरेकी छिन ।

उनले सरकारका सबै राम्रा कामको कांग्रेसले बिरोध मात्र गर्ने र भ्रम फैलाउने काम गरेकोले सरकारलाई असहज भएको पनि बताएकी छन् । उनले भनेकी छन् प्रतिपक्षी दललाई

भ्रम फैलाउने काम छाडेर रचनात्मक भूमिका निभाउन आग्रह समेत गरेकी छन ।