विमानस्थलबाट हतियारसहित एक विदेशी नागरिकलाई पक्राउ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

विमानस्थलबाट हतियारसहित एक विदेशी नागरिकलाई पक्राउ



काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हतियारसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

कतार एयरको उडानद्धारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका हुन् ।

उनले बोकी ल्याएको लगेजमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी पारेको हो ।

पक्राउ परेका एडाडमुसलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।