उडेको केहि बेरमै भारतीय लडाकू विमान ध्वस्त - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

उडेको केहि बेरमै भारतीय लडाकू विमान ध्वस्त



काठमाडौं- भारतीय लडाकू बिमान मिग २९ को गोवामा दुर्घटना भएको छ । परिक्षण मिशनमा रहेको विमान उडान भरेको केहि बेरमै दुर्घटनामा परेको हो।

विमानमा रहेका दुबै चालक सफलतापूर्वक निस्केको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त विमान फाइटर जेटको ट्रेनर संस्करण रहेको जनाइएको छ। विमानले उडान भरेको केहि बेरमै इन्जिनमा आगो लागेको र सो कारणले दुर्घटना भएको रक्षा मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।