अपडेट : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

अपडेट : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो



काठमाडौँः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमानले पार्किङमा राखिएको मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

विमानस्थलभित्रै पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि विमानमा आगो लागेको थियो।
दुर्घटनामा विमानस्थलमा कार्यरत दुई सेक्युरिटी गार्ड र समिट एयरकै कोपाइलटको पनि मृत्यु भएको छ। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ।

आज बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो ।