मेयर र उपमेयरबारे लेख्दा पक्राउ परे बिमली - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मेयर र उपमेयरबारे लेख्दा पक्राउ परे बिमली



झापा- मेयर र उपमेयरबारे लेख्दा एक युवालाई पक्राउ गरिएको छ । काम गर्न नसकेको व्यंग्य गर्दै सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै लेखेका झापाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

राजु बिमलीले मेयर र उपमेयर हराएको भन्दै फोटोसहित पोष्ट गरेका थिए । उनलाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार विर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको हो । उनले विर्तामोडका मेयर तथा उपमेयर हराएको भन्दै फेसबुकमा लेखेको प्रहरीको भनाई छ ।

घरबाटै नियन्त्रणमा लिईएका बिमलीलाई आवश्यक कारबाही गर्ने भन्दै थुनामा राखिएको छ ।

शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए ।