प्रत्यक्षमा चुनाव लड्न डराए विमलेन्द्र निधि - Himal Post Himal Post
  • २७ आश्विन २०८१, आईतवार
  •      Sun Oct 13 2024
Logo

प्रत्यक्षमा चुनाव लड्न डराए विमलेन्द्र निधि



काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका निर्वतमान उपसभापति विमलेन्द्र निधि प्रत्यक्ष चुनाव लड्न डराएका छन् । उनले आफू प्रत्यक्षमा चुनाव नलड्ने बताएपछि समानुपातिकमा नाम हालिएको छ ।

निधिलाई धनुषा क्षेत्र नम्बर ३ बाट समानुपातिकमा सिफारिस गरिएको छ । कांग्रेसका जिल्ला सभापति योगेन्द्र पंजियारले निधिले आफै समानुपातिकमा बस्ने इच्छा जाहेर गरेको बताए ।

नेपाली कांग्रेसको महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उठेका उनले झिनो मत मात्रै ल्याउन सफल भएका थिए । त्यसयता उनी चुनाव लड्ने कुरा सुनेपछि तर्सीने गरेका छन् ।

निधिको निर्वाचन क्षेत्र धनुषा ३ मा पर्छ । उनी २०७४ सालको निर्वाचनमा त्यहाँ पराजित भएका थिए । उनी तत्कालीन राजपा र अहिलेका लोसपा वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

“उहाँले म प्रत्यक्ष लड्दिनँ, समानुपातिकमा बस्छु भन्नुभयो,” जिल्ला सभापति पंजियारले भने, “आज ३ बजे क्षेत्रको चुनाव छ । उहाँलाई समानुपातिकबाट पहिलो नम्बरमा सिफारिस गर्छौँ ।”