प्रेमीको घरमा पसेर हातपात गर्ने विमला वलीको मन्त्री पद खुस्कियो - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रेमीको घरमा पसेर हातपात गर्ने विमला वलीको मन्त्री पद खुस्कियो



काठमाडौं- लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्।

उनले राजीनामा स्वीकृत भइसकेकाे माओवादी केन्द्रका नेता सुदर्शन बरालले थाहाखबरलाई जानकारी दिए।

उनी पछिल्लो समय विवादमा आएकी थिइन्। वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन्।

सो घटनाबारे छानविनको लागि प्रदेश सरकारले समितिसमेत गठन गरेको थियो। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राज्यमन्त्री ओलीको विषयलाई लिएर सरकारले जवाफ दिनुपर्ने भन्दै प्रदेशसभासमेत अवरोध गरेको थियो। राजनीतिक सहमतिपछि पुन प्रदेशसभा नियमित हुँदै आएको छ।