यी हुन मोटरसाईकल चोरी गर्ने गिरोह ! - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

यी हुन मोटरसाईकल चोरी गर्ने गिरोह !



धादिङ । विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ प्रहरीले चोरीको मोटरसाईकल सहित उनीहरुलाई आईतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का २८ बर्षका किप्पा तामाङ, सोही ठाउँका २५ बर्षका संजय लामा र धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ५ का २० बर्षिय घनवहादुर गुरुङ रहेका छन ।

चैत ९ गते धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ५ का प्रभात अर्यालको आफ्न घरको आँगनबाट हराएको बा ७२ प ९५९८ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल खोजी गर्नेक्रममा खानीखोला प्रहरीले सोही वडाको लामिछानेटोलमा चावी तोडेर लुकाईराखेको अवस्थामा बा ९० प ३३६० नम्बरको यामाहा आर १५ र बा ८५ प ११६९ नम्बरको २०० सिसिको पल्सर एनएस मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

लुकाईराखेको मोटरसाईकल पछि प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिको खोजी गर्दा तीन जना पक्राउ परेको र उनिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा वा ८५ प ११६९ नम्बरको मोटरसाईकल नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ४ का रुपेश बुढाथोकीको रहेको सो मोटरसाईकल चैत ८ गते काठमाण्डौं गोंगबुबाट चोरी भएको खुल्न आएको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न आईतबार धादिङ जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।