मोटरसाइकल दुर्घटनामा परि कैलालीमा एक जनाको मृत्यु - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मोटरसाइकल दुर्घटनामा परि कैलालीमा एक जनाको मृत्यु



कैलाली । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका –४ स्थित के गाउँमा मोटरसाइकल गोरु गाढासँग ठोक्किँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

से २ प ९६८७ नम्बरको मोटरसाइकल गोरु गाढासंग ठोक्किएर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका -७ का ४६ वर्षीय राम बहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलवार साँझ करिब पौने ६ बजे दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।