बिकास र समृद्धिकालागि काँग्रेस : नेपाल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बिकास र समृद्धिकालागि काँग्रेस : नेपाल



बुटवल, ९  असार ।

आसन्न स्थानीय तह अन्तरगत दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बुटवलका बिभिन्न स्थानमा संयुक्त घरदैलो तथा कोण सभाहरु गरिरहेका छन् ।

बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट खेलराज पाण्डे र उपमेयर पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतबहादुर पोखरेल सहित पार्टीका नेताहरुले संयुक्त रुपमा घरदैलो गर्नुका साथै बिभिन्न स्थानमा कोण सभा गरेका हुन् । बिहिबार दुई पार्टीले बुटवलका ज्योतिनगर, आदर्शनगर, चिडिया खोला, दुर्गामन्दिर, अमर पथ लगायतका स्थानमा घरदैलो गर्नुका साथै बिभिन्न स्थानमा कोण सभा गरिएको हो ।

कोण सभामा कोल्दै नेपाली काँग्रेसका नेता सांसद हरिप्रसाद नेपालले मुलुकको समुन्नत बिकासकालागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउँनु भयो । उहाँले प्रधानमन्त्री र मेयरको शक्ति बराबर रहेको बताउँदै शक्तिको समुचित प्रयोगकालागि पनि नेपाली काँग्रेसलाई जिताउन आह्वान गर्नुभयो । नेता नेपालले बुटवलमा नेकपा माओवादी केन्द्रसंग भएको चुनावी तालमेल विजयकालागि मात्रै नभई पार्टी मेलमिलापको नीति अनुसार समृद्ध बुटवलका लागि भएकाले तालमेल अनुसार मतदान गर्न आह्वान गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पराज ढकालले मुलुकका बिकास र समृद्धि आवश्यक रहेकाले त्यसैकालागि मुलुकको वास्तविक लोकतान्त्रिक शक्तिसंग चुनावी तालमेल भएको बताउँदै बिकास र समृद्धिकालागि दुई पार्टी बिचको चुनावी तालमेल अनुसार मेयर पदमा रुख र उपमेयर पदमा गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभयो ।

त्यस्तैगरी बिहिबार नै बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा नेपाली काँग्रेसले क्रियाशिल भेला गरेको छ । सो भेलामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले अंगाडी सारेका उम्मेदवारलाई जिताउन आह्वान गर्दै काँग्रेसका उम्मेदवारले जिते बिकासका मुहान खुल्ने विश्वास दिलाउनु भयो । पार्टीका वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले एमालेले भ्रमको खेती गरेको बताउँदै त्यसलाई चिरेर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गर्नुभएको बुथ समितिका सचिव खिमानन्द पौडेलले बताउनु भयो ।