"इ दिल के हर धड्कन मे सनम " म्युजिक भिडियोमा बिकासले यसरी गरे रोमान्स(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

“इ दिल के हर धड्कन मे सनम ” म्युजिक भिडियोमा बिकासले यसरी गरे रोमान्स(भिडियो सहित)



बिशाल पाण्डेय / सुखड ।

थारु फिल्मी जगतमा नया मोडेल र रोमान्टिक सिनका साथै नृत्यमा सफल मानिएको नाम हो बिकाश चौधरी ।उनै,बिकाश चौधरीको नृत्य रहेको थारु म्युजिक भिडियो ” इ दिल के हर धड्कन मे सनम ” बोलको म्युजिक भिडियो बिन्दास मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो गीतमा बसन्त महतोको शब्द, संगीत रहेको छ भने  कल्पना चौधरी र बसन्त महतोको स्वर रहेको छ । गितको  सुनिल सगर ले एरेंजेर गरेका छन् । कलाकार बिकाश चौधरीले अभिनय गरेको उक्त म्युजिक भिडियोमा प्रेेेम कुमारी चौधरीले साथ दिएकी छिन् ।

मुख्य कलाकार बिकास स्वयंले कोरियोग्राफी गरेको भिडियोमा रोमान्टिक सिन र प्रेम जोडीको रोमान्स देखाउन खोजिएको छ । म्युजिक भिडियो पोस्ट प्रोडक्सन किङ्ग मोसन पिक्चर र डिजिटल मार्केटिंग बिन्दास मिडिया र सहिल इन्टरटेन्टमेन्टले गरेका छन ।

भिडियोको भेरी र कैलाली को पहाडी क्षेत्र तथा चिसापानी र बर्दियाको सिमानामा सुटिङ गरिएको छ ।

भिडियो हेर्नुुहोस् :