विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेका छन् :प्रम ओली - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेका छन् :प्रम ओली



काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले मुलुकलाई थितिमा चलाउन खोज्दा केही व्यक्तिहरुले सरकारले अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला गरेको आरोप लगाएका छन् ।

मंगलबार कोटेश्वर महादेवस्थानमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

उनले भने,‘अधिनायकवाद होईन अहिलेको सरकारलाई साँच्चै सरकारजस्तो चलाउन खोजिएको मात्रै हो, देश विकास गर्न खोज्दा विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेका छन् ।’

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अब सडकमा जताततै बन्द हड्दाल गर्न नदिने बताए । उनले भने,’पहिला तिमीहरुले पनि सडक बन्द गरेका थियौ भन्नेलाई मेरो जवाफ छ त्यतिबेला निरंकुशता र राजतन्त्र ढाल्न गरेका थियौं । अहिले त्यो स्थिति छैन । त्यसैले जताततै बन्द हड्ताल गरेर जनतालाई दुःख दिन पाइन्न ।