एमाले माओवादी एकता प्रक्रियामा विकल्प के छ ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमाले माओवादी एकता प्रक्रियामा विकल्प के छ ?



काठमाडौं – एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

एमालेको विकल्प
सूर्य चिह्न बटमलाइन, जनयुद्धमा लचक

एमालेले एकताका लागि सूर्य चुनाव चिह्नलाई बटमलाइन बनाएको छ भने ‘जनयुद्ध’ शब्दलाई प्रस्तावनामा उल्लेख गर्न केही लचिलो देखिएको छ । ‘सूर्य चिह्नसहित भोलि कसैले एमाले पार्टी गठन ग¥यो भने के हुन्छ ? सूर्य चिह्न छाडेर अर्को रोज्ने आत्मघाती काम हामीबाट हुनै सक्दैन,’ एकताको काममा सक्रिय एक नेताले भने, ‘बरु प्रस्तावनामा इतिहासका रूपमा माओवादीले जनयुद्ध अंगीकार गरेको थियो उल्लेख गर्न सकिन्छ ।’

अनुपात अधिकतम ४० प्रतिशत
एमाले केन्द्रदेखि तल्ला कमिटीसम्म माओवादीलाई बढीमा ४०% अनुपात सहभागिता गराउन लचक देखिएको छ । माले–माक्र्सवादी एकतामा केन्द्रको राष्ट्रिय प्रतिनिधि परिषद्मा बहुमत र तल्ला कमिटीमा दुईतिहाइ हिस्सा मालेकै रहेको एमालेको तर्क छ ।

माओवादीको विकल्प
चुनाव चिह्न सूर्यभित्र हँसिया–हथौडा

माओवादीले ‘जनयुद्ध’ शब्द प्रस्तावनामा राख्न एमाले सहमत भइसकेकाले सूर्यभित्र हँसिया–हथौडा चुनाव चिह्न राखेर सहमति खोज्न सकिने विकल्प अघि सारेको छ । ‘हामी दुई पार्टी एक भएर नयाँ पार्टी बनाउँदै छौँ, चुनाव चिह्न पनि दुवै पार्टी समेटिने गरी सूर्यभित्र हँसिया–हथौडा राख्दा सकारात्मक सन्देश जान्छ भन्ने हाम्रो भनाइ हो,’ माओवादी नेता देवेन्द्र पौडेलले भने ।

संख्याभन्दा समानताको स्पिरिट
माओवादीले समानताका आधारमा पार्टी एकता हुनुपर्ने स्पिरिट रहेकाले त्यस्तो भाव झल्किने गरी एकता हुनुपर्ने प्रस्ताव अघि सारेको छ । ‘दुवै पार्टी अध्यक्षको समान हैसियत हुने भएपछि तहगत संरचना पनि त्यही स्पिरिट मिलाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, यसमा विस्तृत छलफल हुन बाँकी छ,’ पौडेलले भने ।