कैलालीमा एक बिजुली पसलको गोदाममा आगलागी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कैलालीमा एक बिजुली पसलको गोदाममा आगलागी



हिमाल पोस्ट/कैलाली ।
कैलालीको बर्दगोरिया गाउँपालिका -१, बौनिया बजारको एक घरमा आगलागी भएको छ । आगलागी भएको घरमा बिजुली पसलको गोदाम रहेको बताइएको छ ।

आगलागीबाट बौनियाको पी एन सेल्स पोइन्टको गोदाममा राखिएको फ्रिज ,पङ्खा लगायतका विद्युतीय सामानहरू जलेर नष्ट भएको स्थानीय पत्रकारले जानकारी दिए ।

बिजुली पसलको गोदामबाट सुरु भएको आगो नियन्त्रणमा लिन नसक्दा घरका अन्य कोठामा पनि क्षति पुर्‍याएको छ । आगो निभाउन घोडाघोडी नगरपालिका,लम्की चुहा नगरपालिका लगायत ३ वटा दमकल तथा स्थानीयहरू लागेपनि अझै आगो नियन्त्रणमा नआएको स्थानीय पत्रकार पदम ओझाले हिमाल पोस्टलाई जानकारी दिए । घटना बारे थप विवरण आउन बाकी रहेको छ ।