बिजुलीको पोलमुनि बम फेला
धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बम भेटिएकाे छ ।
बिहान ७ बजे सडकछेउमा बिजुलीको पोलमुनि बम फेला परेको हो । दूध राख्ने भाडोमा प्लास्टिकले बेरेर तार बाहिर निकालिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।
बम डिस्पोजलका लागि नेपाली सेनाको टोली घटना स्थल पुगेको छ । बाेहराडाहाडी व्यारेकबाट सेनाको टोली गएको छ । सडक छेउमा बम भेटिएकाले अहिले यातायात अवरुद्ध भएको छ । बम कसले र किन राख्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।