बन्दुक बोकेर हुनेभए पृथ्वीनारायण र राणा पनि कम्युनिस्ट हुन्थे: बिजुक्छे - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

बन्दुक बोकेर हुनेभए पृथ्वीनारायण र राणा पनि कम्युनिस्ट हुन्थे: बिजुक्छे



काठमाडौं- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले क्रान्ति पूरा गर्न पार्टीले आफूलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको बताएका छन् । कमलविनायकस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफू पार्टीको कार्यकर्ता मात्रै भएको र सातौंँ महाधिवेशनले आफूलाई पुनः जिम्मेवारी दिएको बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले भने, “हामी पार्टीका कार्यकर्ता हौँ, पार्टीले जे जिम्मेवारी दियो, त्यही जिम्मेवारी लिने हो, देशमा अझै समाजवाद ल्याउन बाँकी छ, माक्र्सवादको त्यही क्रान्ति पूरा गर्न पार्टीले मलाई पुनः अध्यक्षको जिम्मेवारी दियो ।”

देशमा समाजवाद र साम्यवादी व्यवस्था नआएसम्म क्रान्ति जारी रहने बताउँदै बिजुक्छेले बन्दुक बोकेर क्रान्ति नआउने र बन्दुक बोकेकै भरमा कोही पनि कम्युनिष्ट नहुने बताए । बिजुक्छेले भने, “बन्दुक बोकेकै भरमा माओवादीलाई कम्युनिष्ट भन्न सकिन्न, बन्दुक बोक्ने सबै कम्युनिष्ट हुने भए नेपाली काङ्ग्रेस २००७ सालमा कम्युनिष्ट भइसक्थ्यो, पृथ्वीनारायण शाहदेखि राणासमेत उहिल्यै कम्युनिष्ट भइसक्थे ।” महाधिवेशनले सबै जातजाति, एवं भाषाभाषी र भूगोललाई समेटेर केन्द्रीय समिति गठन गरेको उनको भनाइ थियो ।