क्याप्टेन विजय लामाले भने : सरकारलाई इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

क्याप्टेन विजय लामाले भने : सरकारलाई इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन



काठमाडाैं । नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामाले पछिल्लो समय सरकारले आमा जनतालाई आतंकित बनाउन थालेको बताएका छन् । सरकारले ल्याएको गुठी विधेयकको सर्वत्र विरोध भइरहेको बेला क्याप्टेन लामाले नेवार समूदाय मात्र नभएर अन्य सम्पूर्ण समूदायहरूलाई पनि सरकारले आतंकित बनाउन थालेको बताएका हुन् ।

लामाले फेसबुकमा स्टाटस लेख्दै सरकारलाई दुईतिहाईको दम्भ नदेखाउन आग्रह समेत गरेका छन् । उनले लेखेका छन् – ‘दुई तिहाइको सरकार हो भनेर जनतालाई पेलेर जान्छौ अनि पेल्नै पर्छ भन्ने सोचका साथ अघि बढेको त होइन ? त्यस्तो चाहिँ नहोस् पनि किनकि जुन दिन नेपाली जनता सडकमा उत्रेर एक स्वरमा विरोध गर्छन्, त्यतिबेला इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन कसैलाई ।’

देशको कला, सम्पदा, सांस्कृतिक जगेर्ना गर्न र देशमा शान्ति ल्याउने हो भने गुठी विधेयक फिर्ता लिनु पर्ने उनको ठहर छ । ज-जसले आफ्नो कला संस्कृति र सम्पदालाई संरक्षण गरेको छ उनीहरुलाई सबैको साथ भएको पनि बताएका छन । उनि अगाडी लेख्छन  – ‘नेवा समुदाय र अन्य समुदाय ज-जसले नेपालको कला संस्कृति र सम्पदालाई संरक्षण गरी राखेका छन्, । उहाँहरुलाई हामी सबैको साथ छ ।’

नेवा समूदया एक्लाे नभएकाे पनि लामाले बताएका छन् । -‘काँधमा काँध, हातमा हात, एक सोच अनि एक आवाजका साथ निरन्तर साथ दिने छौँ, तपाइहरू एक्लो हुनुहुन्न, सम्पूर्ण नेपाली परिवार तपाइहरूको साथमा छ ।’