बिहानै महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

बिहानै महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी



दीपेन्द्र बस्नेत / कञ्चनपुर ।
पश्चिम नेपाल स्थित कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ ।

महेन्द्रनगरको भानु पार्टी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बिहान बम विस्फोट भएको सञ्चालक कैलाश सुनारले बताउनु भयो ।

बम कसले किन विस्फोट गराएको भन्ने खुल्न सकेको छैन बम विष्फोटबाट मानवीय क्षती नभएपनि निर्माणाधिन भवनको पर्खाल प्वाल परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेटीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।फाइल तस्वीर :