गणेश, जिसस र बुद्धले मासु खाएको विज्ञापनले मच्चायो बबाल (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गणेश, जिसस र बुद्धले मासु खाएको विज्ञापनले मच्चायो बबाल (भिडियो सहित)



अस्ट्रेलियाको एक विज्ञापनमा भगवान् गणेशलाई मासु खाँदै गरेको देखाउँदा बबाल मच्चिएको छ । उक्त विज्ञापनले त्यहाँका हिन्दु समुदाय आक्रोसित भएका छन् ।

हिन्दुवादी सङ्घ संस्था लगायत हिन्दु धर्मावलम्बिहरुले सो विज्ञापनको विरोध गरिरहेका छन् र हटाउनको लागि दबाब पनि दिएका छन् ।
मासु र पशु उद्योगसम्वन्धी मार्केटिङ र रिर्सच गर्ने एक कम्पनी ‘मिट एण्ड लाइभस्टोक अस्ट्रेलियाले उक्त विज्ञापन जारी गर्‍यो, जसमा गणेश, जिसस, बुद्ध लगाएतका धेरै धर्मका देवताले एकसाथ भेंडाको मासु खाँदै गरेको देखाइएको छ ।

विज्ञापनको ट्यागलाइनमा उल्लेख छ, द मिट मोर पिपुल क्यान इट, यु नेभर ल्याब अलोन’ अर्थात् भेडाको मासु धेरै मानिसले खान सक्छन्, त्यसैले खाने बेला तपाईँ कहिल्यै एक्लो हुनुहुन्छ । यो विज्ञापनको निकै आलोचना भएको छ ।

कम्पनीको ग्रुप मार्केटिङ म्यानेजर एन्ड्र्यू होवीले भने यो विज्ञापनको उद्देश्य तपाईँ जुन सुकै धर्म वा समुदायको भए पनि भेडाले सबैैलाई एक ठाउँमा ल्याउने भएको ब ताएका छन् । उनले भने, भेडाको मासु दशकौंदेखि मानिसहरूलाई एकठाउँमा ल्याउन सफल छ । यसमा हाम्रो प्रोडक्ठको सेलिब्रेट गर्न यो भन्दा राम्रो तरिका अरू के हुनसक्छ ?’

यस्तो छ विज्ञापन :

https://youtu.be/f8kuoFGgj8s