नेपालमा भित्रियो बिग बोस ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपालमा भित्रियो बिग बोस !



काठमाडौं । बिग बोस नेपाल प्रवेश गरेको छ । नेदरल्यान्डस्को इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई आइम्याक्स प्रोडक्सनले नेपाल भित्र्याइएको हो ।

कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो फ्रेन्चाइज टीभि रियालिटि सो हुने दाबी गरिएको छ ।

यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचना अनुसार हुनेछ । कार्यक्रम प्रसारण हुने टेलिधिजन र सञ्चालकको नाम भने अझै तय भएको छैन ।

कार्यक्रमका सहभागीहरु १ सय दिनसम्म सञ्चार सम्पर्कबिहीन रहनेछन् ।