‘बिग बोस’लाई प्रतिबन्ध लगाउने तयारी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

‘बिग बोस’लाई प्रतिबन्ध लगाउने तयारी



एजेन्सी– भारतीय टिभी रियालिटी सो बिग बोस १३ को सिजन सुरु भएको धेरै भएको छैन । तर, सुरुवात देखि नै यसको विषयमा व्यापक विरोध हुन थालेको छ । सुरुवातबाट नै निम्तिएको विवाद अझै मत्थर हुने सम्भावना कम छ । अब त झन् भारत सरकारले नै यसको प्रतिबन्ध लगाउने खतरा बढेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

नवभारत टाइम्समा लेखिएअनुसार यो सोमाथि प्रतिबन्ध लगाउने सम्भावना निकै बढेको छ । एएनआइको हवाला दिँदै नवभारत टाइम्सले सूचना तथा प्रसारण मन्त्री प्रकाश जावेडकरले यो कदम लिनसक्ने रिपोर्ट प्रकाशित गरेको छ । ‘मैले मन्त्रालयका अफिसरहरुसँग यो सोको कन्टेन्टमाथि रिपोर्ट बनाउन निर्देशन दिइसकेको छु,’ के यो सोलाई प्रतिबन्ध लगाउनु पर्दै भन्ने प्रश्न निकै उठ्न थालेपछि प्रकाशले भनेका छन्, ‘यो साता रिपोर्ट आएपछि यसबारे निर्णय हुनेछ ।’

यो सोले अश्लितता फैलाएको भन्दै सामाजिक सन्जाल ट्विटरमा पनि ब्यानबिगबोस ट्रेन्ड हुन थालेको छ ।