सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाँच लाखसम्म खर्च गर्न पाउने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाँच लाखसम्म खर्च गर्न पाउने



काठमाडौं । सरकारले विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकले पाँच लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सो कुराको जानकारी दिए ।

“विद्यार्थीको शैक्षिक अवस्था हेरेर विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकबाट पेश भएको प्रस्ताव भएको प्रस्ताव विद्यालय व्यवस्थापनबाट स्वीकृत भएमा रु पाँच लाख सम्म प्रधानाध्यापकले खर्च गर्न पाउनेछन्,” उनले भने ।