विद्यादेवी भण्डारीलाई 'रानी' बन्ने अधिकार कसले दियो ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विद्यादेवी भण्डारीलाई ‘रानी’ बन्ने अधिकार कसले दियो ?



 काठमाडौं । राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकमा गरेको सम्बोधनप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

शुक्रबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले पटक पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गरिरहेकी थिइन् । सोही सम्बोधनप्रति कांग्रेसका युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका हुन् ।

‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रमको पो घोषणा भैरहेको छ’, गगन थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, प्रधानमन्त्रीज्यू नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

यस्तै प्रवक्ता शर्माले लेखेका छन्, ‘सम्माननिय प्रधानमन्त्रीज्यू मेरो मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ?

कुनै बेला ‘श्री ५ को’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे आज राष्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’

उनले पुनः लेखेका छन्, ‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिउँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन ! दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन !’