एमाले काठमाडौं मेयरको उम्मेदवारमा विद्यासुन्दर पनि सिफारिस - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमाले काठमाडौं मेयरको उम्मेदवारमा विद्यासुन्दर पनि सिफारिस



काठमाडौं – नेकपा (एमाले) काठमाडौं नगर कमिटीले नगर प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ। वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो। नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए।

जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए। उनले भने, ‘केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ।’ उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ। नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको उनले जानकारी दिए।