विद्यालय क्षेत्रमै शिक्षकहरु विच कुटा कुट भएको घटनाको चौतर्फी विरोध, अनिश्चित कालिन वन्द गर्ने चेतावनी
जीवन बिष्ट / सुखड,कैैैलाली।
कैलालीको घोडाघोडी नगरपालिका ४ सिमथरीमा रहेको जनज्योती आधारभुत विद्यालयका शिक्षकहरु विच कुटा कुट भएको घटनाको चौतर्फी विरोध भएको छ । विद्यालय जस्तो शान्ती क्षेत्रमा विद्यालय समयमै पठन पाठन नै अवरुद्ध पारी शिक्षकहरुले नै एक आपसमा कुटाकुट गरेपछी चौतर्फी विरोध भएको हो । अभिभावकहरुले विज्ञप्ती नै सार्वजनिक गरेका छन् ।
शिक्षा नियमावली विपरित विद्यालयमा पटक पटक सिक्षकहरुले नै तमासा देखाएको भन्दै अभिभावकहरुले माग सहितका् विज्ञप्ती निकालेका छन् । गत जेठ २७ गते विहान विद्यालयको प्रधानाध्यापक जस्तो गरिमामय पदमा रहेका देबिराज ढुंगाना र शिक्षक भवानी प्रसाद गौतमले विद्यालय क्षेत्रमै छाडा वोल्दै एक आपसमा कुटाकुट गरेका थिए ।
घटना लगत्तै विद्यालय व्यवस्थापन समितीले दुवै जनालाई दोषी ठहर गर्दै विद्यालयमा हाजीरी गर्न नमिल्ने जनाएको थियो । विद्यालय व्यवस्थापन समितीको यस्तो निर्णयले विद्यालयको चौतर्फी वातावरण व्यवस्थीत गर्न सकिने भन्दै विभीन्न माग सहित अभिभावकहरुले विज्ञेप्ती सार्वजनिक गरेका छन् ।अवको तिन दिन भित्र विद्यालय व्यवस्थापन समितीको निर्णयलाई पुनर्विचार गरिनु पर्नेमाग विज्ञप्तीमा भइनिएको छ ।
अभिभावकहरुले शैक्षिक सत्र २०६५÷६६ देखी हाल सम्म विद्यालय व्यवस्थापन समिती,प्रधानाध्यापक र शिक्षकहरुले गरेका राम्रा नराम्रा कामहरुको मुल्याङ्कनको लागी छानविन समिती गठन गरीनु पर्ने,छानविन समितीको प्रमाणीत अनुसन्धानको प्रतिवेदनको आधारमा दोषीलाई हदै सम्मको कार्वाही गर्न माग गरीएको छ ।सरोकारवाला पक्षले मागहरुको सुनुवाई नगरेमा असार ६ गतेबाट विद्यालयमा दवाव मुलक कार्यक्रमका साथ अनिश्चीतकालिन तालावन्दी गरिने विज्ञेप्तीमार्फत जनाईएको छ ।