छात्रामा अनौठो रोग देखियो : विद्यालय नै भयो बन्द

धनकुटा : सातदेखि १० कक्षासम्म अध्ययनरत छात्रामा अनौठो प्रकारको रोग देखिएपछी माध्यमिक विद्यालय बन्द गरिएको छ । छथरजोरपाटी गाउँपालिका—४ तेलियाको तिलेश्वर माध्यमिक विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ ।
कक्षा सात देखि दससम्मका छात्राहरूमा बेहोस हुने, बर्बराउने, काम्ने, चिच्याउने, शरीर बाउँडिने जस्ता अस्वभाविक समस्या देखिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको बताइएको छ ।
अभिभावकको सल्लाहमा विद्यालय बन्द गरिएको बताइएको छ । पाँच दिनअघि तीन चारजना विद्यार्थीमा यस्तो समस्या देखिएको थियो। विस्तारै बिरामी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि विद्यालय बन्द गर्नु परेको हो।
विद्यार्थीमा डर, त्रास देखिएपछि दैनिक २० देखि २५ जनासम्म अनुपस्थित हुनथालेपछि विद्यालय बन्द भएको हो ।

