खुलामञ्चका सटर भात्काउनको कारण खुलाए मेयर शाक्यले - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

खुलामञ्चका सटर भात्काउनको कारण खुलाए मेयर शाक्यले



काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन् ।

खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो । महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा खड्गीलाई जिम्मेवारी दिएको थियो ।

शनिबार खुलामञ्चका सटर भत्काएपछि मेयर शाक्यले उपमेयरले प्रतिवेदन दिन ढिलाइ गरेकोले डोजर लगाएर सटर भत्काउनुपरेको प्रतिक्रिया दिए ।