विद्याआश्रमलाई सरसफाई सामाग्री वितरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विद्याआश्रमलाई सरसफाई सामाग्री वितरण



विशाल पाण्डेय/कैलाली ।
कैलाली जिल्ला फुटवल संघ र मर्सिकोर नेपालको सहकार्यमा संचालित जेनेरेसन अमेजीङ्ग कार्यक्रम अन्तरगत कैलालीको एक बिद्यालयमा सरसफाइ सामाग्री वितरण गरिएको छ ।

घोडाघोडी नगरपालिका -१ घोडाघोडीमा रहेको विराट् सनातन धर्मसंस्कृति विद्यापीठ माध्यमिक विद्याआश्रममा आइतबार एक कार्यक्रमका बिच सरसफाई गर्ने सामाग्री हस्तान्तरण गरीएको हो ।

जिए युथ एम्बास्डर नारायण आचार्यले विद्याआश्रमका प्रध्यानध्यापक ज्ञान चन्द्र उपाध्यायलाई सरसफाई सामाग्री हस्तान्तरण गरेका थिए । जस अन्तरगत कोदालो , बेल्चा, झाडु, डस्टवीन,बाल्टी ,पन्जा , प्याड ,शौचालयका लागि ब्रस , हार्पिक लगायतका सामग्रीहरु रहेका थिए ।

सरसफाई सामाग्री हस्तान्तरण कार्याक्रममा बोल्दै बिद्याआश्रमका प्रध्यानध्यापक ज्ञान चन्द्र उपाध्यायले सरसफाई सामाग्री सहयोग गरिएकोमा धन्याबाद व्यक्त गरेका थिए ।

जेनेरेसन अमेजीङ्ग कार्यक्रम अन्तरगत कैलाली जिल्ला फुटबल संघ , मर्सिकोर नेपालको सहयोग र घोडाघोडी क्लबको समन्वयमा उक्त सामाग्री हस्तान्तरण गरिएको एम्बास्डर नारायण आचार्यले जानकारी दिए ।