विद्युत प्राधिकरणको सबैभन्दा ठूलो शत्रु मुसा ! - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

विद्युत प्राधिकरणको सबैभन्दा ठूलो शत्रु मुसा !



हिमाल पोस्ट /कात्तिक ७ 

सुन्दा अचम्म लाग्ला, विद्युत प्राधिकरणका लागि जडान गरिएका ट्रान्सफर्मरको सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्राधिकरणका अधिकारीहरुका अनुसार मुसा भित्र पसेपछि ट्रान्सफर्मर जल्न थालेका छन् ।

काठमाडौंभित्र महिनामा एक दुईवटा ट्रान्सफर्मर मुसाकै कारण पड्कने गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

मुसाकै कारण तिहारको लक्ष्मीपूजाको दिन भक्तपुर सवस्टेसनका केही उपकरण जले र पूरै भक्तपुरमा बिजुली प्रसारण अवरुद्ध भयो ।

सब स्टेसनहरु  पुराना र फोहोर पनि भएका कारण मुसालगायत जिवले दुख दिन थालेको  अधिकारीले बताए ।