विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ



नेपालगञ्‍ज- नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, कोहलपुरले विद्युत मिटर नामसारी/नयाँ जडान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिदा लिदै इलेक्ट्रिकल इन्जिनियर निसार अहमद खान, इलेक्ट्रिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरबललाल धोवीलाई नियन्त्रणमा लिएको हो।

अख्तियार कोहलपुरका प्रमुख एसपी ईश्वर कार्कीले कर्मचारीहरुलाई पन्ध्र हजार रुपैया घुस लिइरहेको बेला रंगेहात पक्राउ गरेको बताए। उनले नियन्त्रणमा लिएका कर्मचारीहरुका बारेमा थप अनुसन्धान अघि बढाइसकेको जानकारी दिए।

विद्युत मिटर नामसारी÷नयाँ जडानका लागि पुगेका सेवाग्राहीसँग विद्युतका कर्मचारीले घुस माग्ने गरेको गुनासो आएपछि अख्तियारले निगरानी बढाएको थियो।