आज बसेको बैठकबाट २ विधेयक पारित - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

आज बसेको बैठकबाट २ विधेयक पारित



हेटौँडा । प्रदेश नम्बर नं ३ को प्रदेशसभाको बैठकले २ विधेयक पारित गरेको छ । बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिबाट गरेको छ ।

आज बसेको प्रदेशसभा बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए ।

छलफलमा सहभागी सदस्यले उठाएको जिज्ञासालाई मन्त्री लामाले जवाफ दिँदै बहुसङ्ख्यक खेतीयोग्य जमीनलाई बाँझो राख्ने प्रचलनलाई अब प्रदेश सरकारले सामूहिक खेतीको माध्यमबाट अन्त्य गर्ने र कृषि उत्पादन वृद्धि गर्नेतर्फ नीतिगत कार्यक्रममा बजेट तर्जुमा गरिन लागेको बताए ।

उनले सिँचाइ प्रणालीलाई नयाँ प्रविधिबाट प्रत्येक किसानको खेतमा नहरबाट पानी उपलब्ध गराउने परियोजना सञ्चालन गर्नेतर्फ सरकार क्रियाशील रहने जानकारी दिए ।