विद्यार्थीहरुले गरे मठमन्दिर सरसफाइ  - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

विद्यार्थीहरुले गरे मठमन्दिर सरसफाइ 



धन बहादुर बिक 

पुनर्वास, कञ्चनपुर । विश्व रेडक्रस दिवसको अवसरमा जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत एक सामुदायिक बिद्यालय का बिध्यार्थिहरूले स्थानीय मठमन्दिर तथा पार्कमा व्यापक सरसफाइ कार्यक्रम गरेका छन ।

पुनर्वास नगरपालिका ६ स्थित श्री जीवन ज्योति मा बि का कक्षा ७ देखि १० सम्मका बिध्यार्थि हरूले सरसफाइ कार्यक्रम गरेका हुन । विश्व अन्तर्राष्ट्रिय रेडक्रस दिवसको अवसरमा करिब दुई सय जना विद्यार्थी र बिद्यालय का शिक्षकहरूले स्थानिय त्रिपुरेश्वर मन्दिर , चौतारा , प्रतिभानगर स्थित भानु पार्क , कालिका मन्दिर , वडा कार्यलय र नगरपालिका कार्यलय परिसरमा एक दिवसिय सरसफाइ कार्यक्रम गरेका हुन । दक्षिणी क्षेत्र का अन्य बिद्यालय को तुलनामा अतिरिक्त क्रियाकलाप गर्दै अाएको जीवन ज्योति का शिक्षक विद्यार्थी हरूले  गरेको सरसफाइ अभियान बाट सबै नगरबासिले पाठ सिक्नुपर्ने पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापाले बताए ।

अाफ्नो बिद्यालय मा मात्र सरसफाइ गर्दै अाएकोमा नगरभित्रका मठमन्दिर पाटीपौवा लगायतमा सरसफाइ गर्न पाउँदा अाफुहरूलाई निकै खुसी लागेको बिद्यालयका प्रध्यानध्यापक भरतकुमार बस्नेतले बताए ।