विदेशीने युवाकाे मार्मिक कहानी (गजल )
-गणेश खनाल
सोचेजस्तो हुँदैन हर कसैको जिन्दगानी ।
आँसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।
सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन्थेँ
खेर जानी भयो प्यारी मरुभूमिमा यो जवानी ।
भत्किन्छ की डरलाग्छ सपनाको घर हाम्रो
आखाहरु नटालिदै आउने गर्छ हर बिहानी ।
सम्झाउदै बा आमालाई राम्रोसँग घर समाल
जे भने नि रूखो बचन नबोल्नु है मेरी सानी ।
कोल्टे फेर्दा सम्झनाले मनमा गाँठो परेपनि
बिन्ती तिमीले नरुझाउ आँसु झारी त्यो सिरानी ।
तिम्रो माया बा आमाको आशीर्वादले बाँचेको छु
भित्र बाहिर दौड्दा छोरो फर्किने छ यो मौलानी ।
– मालारानी ३, अर्घाखाँची । हाल बुटवल