विदेशबाट ल्याएको मोबाइल के हुन्छ ? यस्तो छ नयाँ व्यबस्था - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विदेशबाट ल्याएको मोबाइल के हुन्छ ? यस्तो छ नयाँ व्यबस्था



काठमाडौंः व्यक्तिगत रुपमा विदेशबाट ल्याइएको मोबाइल दूरसञ्चार प्राधिकरणले तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने छ ।

वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ ।

सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी प्राधिकरणले दिन्छ ।

मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो कुन सूचीमा छ,

त्यसको जानकारी उपलब्ध गराउने छ ।
यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ।