सोमबार सार्वजनिक विदा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सोमबार सार्वजनिक विदा



जनकपुर । प्रदेश २ को सरकारले जानकी नवमीको अवसर पारेर सोमबार सार्वजनिक विदा दिएको छ ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निजी सचिवालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिइएको हो ।

जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ ।

सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् ।

वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।

जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेशका मुख्यमन्त्री मो.राउतले जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नम्बर २ को गरिमालाई समेत विश्वस्तरमा स्थापित गर्ने भएको हुँदा यसपर्वको गरिमाको संरक्षण, स्म्बद्र्धन र प्रचार प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।