बिदा माग्न प्रचण्ड निवास पुगे राजदूत रेन्डी बेरी
काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।
खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा राजदूत बेरीको बिदाइ भेटवार्ता भएको हो।
आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो। सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए।