चैत ७ र ८ गते सार्वजनिक बिदा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

चैत ७ र ८ गते सार्वजनिक बिदा



काठमाडौं । होली पर्वको लागि प्रदेश २ सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ सरकारले चैत ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । हिमाली र पहाडि जिल्लामा भने बुधबार होली पर्व मनाइँदैछ ।

मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ ।

संघीय सरकारले होलीका अवसरमा पहाडी जिल्लामा बुधबार र तराईका जिल्लामा बिहीबार १ दिन मात्र सार्वजनिक बिदा दिएको छ ।