सरकारले भन्यो: बिहिबार बिदा छैन - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सरकारले भन्यो: बिहिबार बिदा छैन



काठमाडौं : बिभिन्न भ्रमकाबीच बिहिबार बिदा नभएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले सार्वजनिक बिदा नदिएको जानकारी दिए।

सामाजिक संजालमा बिहिबार बिदाको हल्लाले सर्वसाधारण अन्योलमा परेको बेला गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा नदिएको स्पष्ट पारेको छ।

बिहीबार बिहान नेपालसहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। कतिपय स्थानीय तह र विद्यालयले भने बिदा दिइसकेका छन्।

केन्द्र सरकारले बिदा नदिएकोमा ग्रहण बार्नेका लागि बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने कतिपयको गुनासो रहेको छ।

बिहान साढे ११ बजेसम्म भोजनसमेत नगर्नेका लागि असहज भएको हो।