असार २ गते सार्वजनिक विदा

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाले असार २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
धिमाल जातिको पर्व जात्री तथा सुजातको अवसरमा असार २ गते नगरपालिका भित्र सार्वजनिक बिदा दिने गरेको नगरप्रमुख खड्ग बहादुर फाँगोले बताएका छन् ।

