जेठ २३ गते पनि सार्वजनिक बिदा - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

जेठ २३ गते पनि सार्वजनिक बिदा



काठमाण्डौ – सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन्।

मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।