लाइसेन्स बनाइदिन्छु भन्ने दुई बिचौलिया पक्राउ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

लाइसेन्स बनाइदिन्छु भन्ने दुई बिचौलिया पक्राउ



काठमाडौं–यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर १४, नख्खीपोट बस्ने सुमन तामाङ र ललितपुर १३, कुसुन्ती बस्ने वर्ष सुरज गुप्ता रहेका छन्।

लिखित परीक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिँदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए। महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ।

पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारबाहीका लागि बुझाएको महाशाखाले जनाएको छ।