बिचरा ! हेर आज काँग्रेस हेर्दा हेर्दै कहाँ पुग्यो :प्रम ओली - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बिचरा ! हेर आज काँग्रेस हेर्दा हेर्दै कहाँ पुग्यो :प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको अवस्था देखेर आफूलाई दया लागेको बताएका छन् ।

७०औँ कम्युनिष्ट स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले काँग्रेसलाई पहिलै देखि आफूले सँगै मिलेर देश विकासमा लागौँ भन्दा अन्य विकास विरोधी तत्वसँग लागेर नेकपाकै खेदो खग्न लागिपरेको बताए ।

पृथकतावादी राजनीति सकिएपछि अहिले केहि राजनितिक तत्वहरु छट्पटिएको ओलीको भनाई रहेको छ । ससाना केहि तत्व नेकपाविरुद्ध लागेपनि नेकपा त्यसलाई पराष्त गर्न सफल भएको र अब नेकपा सानातिना कुराहरुमा नअल्झिने ओलीको भनाई रहेको थियो ।

काँग्रेसलाई लक्षित गर्दै ओलीले राजनीतिक स्थिरतामा जाउँ भन्दा नमानेकाे उल्लेख गर्दै भने, अहिले बिचरा ! हेर आज काँग्रेस हेर्दा हेर्दै कहाँ पुग्यो !