विवेकशील साझा पार्टी अर्घाखाँचीद्वारा जिल्लाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

विवेकशील साझा पार्टी अर्घाखाँचीद्वारा जिल्लाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम सम्पन्न



मङ्सिर ५ /अर्घाखाँची

आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनकाे प्रचार प्रसारमा जुटेकाे विवेकशील साझा पार्टी अर्घाखाँचीले आज जिल्लाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम सम्पन्न गरेकाे छ ।

चुनावलाई प्रभावकारी बनाउन दुई समूह बनाएर अभियान सुरु गरेकाे पार्टीले आज जिल्लाकाे भुमिकास्थान नगरपालिका र छत्रदेव गाउपालिकाका विभिन्न स्थानमा भेटघाट सम्पन्न गरेकाे हाे ।जसअन्तरगत भुमिकास्थानकाे धारापानी ढाकावाङ र छत्रदेवकाे चिदिका छत्रगन्ज लगायतका स्थानमा भेटघाट सम्पन्न गरेकाे पार्टीले जनाएकाे छ ।

पार्टीका प्रचार प्रसार समिति संयाेजक पवन बन्जाडेले दिएकाे जानकारी अनुसार भेटघाटका क्रममा स्थानीय जनताकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । देशकाे पटक पटक नेतृत्व गरेका राजनीतिक दल र नेताहरू सत्तालिप्सामा केन्द्रित भएकाे र कमाउ धन्दामा लागेकाे भन्दै मतदाताहरुले अाफुहरुकाे अाशाकाे एकमात्र केन्द्र विवेकशील साझा पार्टी रहेकाे बताएका थिए ।

भेटघाटकाे लागि पार्टीकाे तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु प्रसाद मिश्र र क्षत्र नं १ क बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरि प्रसाद भुसाल छुट्टाछुट्टै टाेली बनाएर घरदैलाेमा सक्रिय बनेका हुन् । कार्यक्रममा विवेकशील साझा पार्टीका नेताहरू छविलाल बन्जाडे, अशाेक आचार्य लगायतकाे सहभागिता रहेकाे प्रचार संयाेजक बन्जाडेले जानकारी दिएका छन् ।