विवेकशील साझाको सिंगो जिल्ला कमिटी नेकपामा प्रवेश (सूचीसहित) - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

विवेकशील साझाको सिंगो जिल्ला कमिटी नेकपामा प्रवेश (सूचीसहित)



काठमाडौं। विवेकशील साझा पार्टी नेपालका पर्सा जिल्ला अध्यक्षसहितको सिंगो जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ ।

मंगलबार बिहान नेकपाका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सो पार्टीका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र माला लगाएर पार्टी प्रवेश गराए ।

अध्यक्षद्वय रवीन्द्र मिश्र र उज्वल थापाप्रति तीब्र असन्तुष्टि जनाउदै उनीहरु नेकपामा प्रवेश गरेको हुन ।

उनीहरुलाई लिएर नेकपाका युवा नेता रहबर अन्सारी नेकपाका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमूख बबिल थापा, कार्यपालिका प्रमूख मुस्ताक अलाम, न्यायपालिका प्रमूख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको हो ।

अध्यक्ष पाण्डे जनयुद्ध कालका जिल्ला जनसरकार उपप्रमुखसमेत हुन् ।